चट्टान बने हाइ अल्टिच्युड रिङ रेस्लिङको हेभी वेट च्याम्पियन

खेलकुदमन्त्री अथकद्धारा खेलाडीलाई पुरस्कार वितरण



काठमाडौं । 

नेपालमा पहिलो पटक आयोजना गरिएको हाइ अल्टिच्युड रिङ रेस्लिङ प्रतियोगिता सम्पन्न भएको छ । दोलखाको चरिकोटस्थित फुटबल मैदानमा शनिबार भएको प्रतियोगितामा बिभिन्न ६ विधामा नेपाली रेस्लिङ खेलाडीहरु बिच प्रतिस्प्रधा भएको थियो ।

प्रतियोगितामा हेभी वेट च्याम्पियनको उपाधि चट्टानले उचालेका छन । साविक विजेता नुवाकोटे टाइगरलाई हराउँदै चट्टान आरडब्लूको हेभी वेट च्याम्पियन बनेका हुन् । च्याम्पियन बनेका चट्टानले नगद १ लाख ५० हजार पुरस्कारसहित आरडब्लू बेल्ट प्राप्त गरेका छन् । प्रतियोगिताको लाइट वेट म्याचको उपाधि सिजे वर्ल्डले जिते । उनले उपाधि सहित ५० हजार रुपैयाँप्राप्त गरे । ट्याग टिम म्याचमा थगु र एक्स–हिरो संयुक्त रुपमा विजेता बने । उपाधिसहित दुवैले ७५ हजार रुपैयाँ प्राप्त गरे ।

लाइट हेभी वेट म्याचको च्याम्पियन डेभिड बने । साइनलाई हराउँदै उपाधि जितेका डेभिडले ५० हजार रुपैयाँप्राप्त गरे । ट्रिपल थ्रेट हार्डकोरको विजेता द युभबने । उनले १ लाख २० हजार रुपैयाँप्राप्त गरे । रोयल ब्याटल म्याचमा साइन विजेता बने । उनले ४५ हजार रुपैयाँ प्राप्त गरे ।बागमती प्रदेश खेलकुद विकास परिषद् र नेपाल रिङ रेस्लिङ संघले संयुक्त रुपमापहिलो पटक हाइ अल्टिच्युड रेस्लिङ प्रतियोगिता आयोजना गरेका हुन् ।

कार्यक्रमका प्रमुख अतिथी युवा तथा खेलकुद मन्त्री महेश्वर जंग गहतराज (अथक)ले उपाधि विजेता खेलाडीलाई पुरस्कार वितरण गर्नुभएको थियो । खेलाडीहरूको हौसला बढाउन चरिकोट पुगेका मन्त्री अथकले पुरस्कार वितरणका क्रममा खेलाडीहरूलाई थप लगनशिल भएर खेल क्षेत्रमा लाग्न प्रोत्साहन गर्नुभएको थियो । उहाँले नेपालमापहिलो पटक संचालनभएको हाइ अल्टिच्युड रेस्लिङ प्रतियोगिताले खेलकुद क्षेत्रको विकासका साथै पर्यटन प्रवर्द्धनमा समेत टेवा पुग्ने बताउनुभयो ।

 

खेलकुद गतिविधिको प्रभावकारी कार्यान्वयनका लागि प्रदेश र स्थानीयतहलाई अझ सक्रिय बनाउन आवश्यक रहेको बताउँदै मन्त्रीअथकले प्रदेश खेलकुद परिषद्को सक्रियता तारिफ योग्य रहेको भन्दै खुसी समेत व्यक्त गर्नुभयो ।  प्रदेश खेलकुद विकास परिषद् बागमतीका सदस्य सचिव सूर्यलाल भण्डारीले केन्द्र, प्रदेश र स्थानीय तहको सहकार्यबाट मात्र खेलकुद पर्यटनको विकास गर्न सकिने धारणा राख्नुभयो । नेपाल रिङ रेस्लिङ संघकी महासचिव सुवर्ण श्रेष्ठले आगामी दिनमा नेपालमै अन्तराष्ट्रिय स्तरको हाइ अल्टिच्युड रेस्लिङ प्रतियोगिता संचालन गर्ने योजना रहेको बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्