न्युज अफ नेपाल, काठमाडौँ ।
नवनियुक्त उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गजेन्द्रबहादुर हमालले राजीनामा दिने भएका छन् ।
प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको ‘कोटा’ बाट हमाललाई मन्त्री बनाइएको भन्दै विवाद बढेपछि हमालले राजीनामा दिने तयारी गरेको स्रोतले बताएको छ । यसअघि नै जबरामाथि सरकारसँग मन्त्रिपरिषद्मा आफ्नो कोटा माग गरेको आरेप लाग्दै आएको थियो । तर, उनले सो कुरा सत्यतथ्य नभएको बताउँदै आएका थिए ।
शुक्रबारको मन्त्रिपरिषद् गठनमा सांसद समेत नरहेका हमाल मन्त्री बनेसँगै जबराको ‘कोटा’ बाट उक्त नियुक्ति भएको भन्दै चौतर्फी विवाद सुरु भएको थियो ।











प्रतिक्रिया