प्रदेशस्तरीय भलिबल प्रतियोगिताका लागि खेलाडी छनोट



बझाङ ।

सुदूरपश्चिम खेलकूद परिषद्को आयोजनामा कैलालीको धनगढीमा यही असोज २० देखि २३ गतेसम्म सञ्चालन हुने प्रदेशस्तरीय भलिबल प्रतियोगिताका लागि बझाङबाट पुरुष भलिबल खेलाडी छनोट गरिएको छ ।

जिल्लाभरिका १२ वटै स्थानीय तहबाट आएका खेलाडीबीच सदरमुकाम चैनपुरमा भलिबल प्रतियोगिता गराइ खेलाडी छनोट गरिएको जिल्ला खेलकूद विकास समितिका अध्यक्ष पुष्पलाल रोकायाले जानकारी दिनुभएको छ ।

उत्कृष्ट नौ खेलाडी छनोट गरी उनीहरुकै टिम बनाइएकोे छ । जिल्ला खेलकूद समितिका अनुसार छनोट भएका खेलाडीमा दिनेश शाही, सन्दिप शाही, सुरेस मल्ल, शिरिषसिंह धामी, विकाससिंह, अनिलसिंह, रवीन्द्रसिंह, दिनेश धामी र प्रशान्त कठायत छनोट भएका छन् ।

प्रतिक्रिया दिनुहोस्