गोड स्पिन टेटे हुने



काठमाडौं, (नेस) ।

गोड स्पिन टेबलटेनिस एकेडेमीको आयोजनामा प्रथम गोड स्पिन कप टेबलटेनिस प्रतियोगिता असोज २१ गतेदेखि हुने भएको छ ।

प्रतियोगितामा पुरुषरमहिला खुला सिंगल्स, पुरुष भेट्रान ४० वर्षमाथि, ५० वर्षमाथि र ६० वर्षमाथि तथा महिला भेट्रान गरी ६ स्पर्धामा प्रतिस्पर्धा हुने प्रतियोगिता संयोजक राजेन्द्र कपालीले जनाएका छन् । करिब २ सय ५० खेलाडीको सहभागिता रहनेछ । असोज २७ गतेसम्म चल्ने प्रतियोगिताका खेलहरू गाबहालस्थित एकेडेमीको आफ्नै भवनमा हुनेछ ।

प्रतिक्रिया दिनुहोस्