आर्मी र न्यु डायमन्डलाई एनभीए भलिबल उपाधि



नेपाल समाचारपत्र, काठमाडौं ।

त्रिभुवन आर्मी क्लब र होङ्जान्जी न्यु डायमन्ड स्पोर्ट्स क्लबले वाई वाई डाइनामाइट छैटौं एनभीए राष्ट्रिय महिला तथा पुरुष क्लब भलिबल च्याम्पियनसिपको उपाधि जितेका छन् । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा शनिबार भएको फाइनल खेलमा जित हात पार्दै आर्मी र न्यु डायमन्डले उपाधि हात पारेका हुन् ।

पुरुष फाइनलमा आर्मीले गत संस्करणको विजेता हेल्प नेपाल स्पोर्टस् क्लबलाई ३–१ सेटले स्तब्ध पारेको थियो । आर्मीले सो खेल २६–२४, १७–२५, २५–१८, ३३–३१ ले जितेको थियो । योसँगै आर्मीले चार लाख र हेल्प नेपालले दुई लाख पुरस्कार प्राप्त गरे । तेस्रो स्थानमा रहेको नेपाल पुलिस क्लबले एक लाख नगद प्राप्त ग¥यो ।

त्यस्तै, नेपाल एपीएफ क्लबलाई ३–१ को सेटमा हराउँदै न्यु डायमन्ड महिलातर्फ विजेता बनेको हो । यो सँगै न्यु डायमन्डले गत वैशाखमा सिन्धुपाल्चोकमा भएको भोटेकोसी गाउँपालिका अध्यक्ष कपमा व्यहोरेको फाइनल हारको हिसाब बराबर गरेको छ । न्यु डायमन्डको सिजनको यो पहिलो उपाधि हो भने प्रतियोगितामा दोस्रो उपाधि हो । योसँगै न्यु डायमन्डले चार लाख नगद पुरस्कार हासिल ग¥यो ।

यसअघि, तेस्रो संस्करणमा न्यु डायमन्डले उपाधि जितेको थियो । गत संस्करणको फाइनलमा टोली हारेको थियो । उता हारसँगै एपीएफले वर्षको दोस्रो उपाधि जित्नबाट वञ्चित भयो । एपीएफले दुई लाख रुपियाँ पुरस्कारमै चित्त बुझाएको हो । त्यस्तै, तेस्रो भएको टोली त्रिभुवन आर्मी क्लबले १ लाख रुपैयाँ प्राप्त गरेको छ । आर्मीले पुलिसलाई हराउँदै तेस्रो स्थान हासिल गरेको थियो ।

प्रतिस्पर्धात्मक पहिलो सेट गुमाए पनि न्यु डायमन्डले पुनरागमन गर्दै त्यसपछिको तीन सेट आफ्नो पक्षमा पारेको हो । शुरुआती समयमा ६–२ ले अग्रता लिए पनि त्यसलाई जोगाउन नसक्दा न्यु डायमन्डले पहिलो सेट २४–२६ ले गुमायो । यसपछि भने कुनै गल्ती नगरी न्यु डायमन्डले लगातार तीन सेट आफ्नो पक्षमा पार्न सफल भयो ।

दोस्रो सेटमा एक समय १५–८ को आरामदायी अग्रता लिए पनि एपीएफ कडा चुनौती दिँदै झन्डै सेट आफ्नो पक्षमा पार्नतिर लागेको थियो । तर, न्युडायमन्डले उक्त दोस्रो सेट २५–२१ ले जितेर खेलमा १–१ सेट बराबरी गरेको थियो । यो नै न्युडायमन्डको लागि खेल जित्न टर्निङ प्वाइन्ट भएको थियो ।

त्यसपछि, तेस्रो सेट २५–१७ ले जित्दै न्यु डायमन्डले खेलमा २–१ सेटको अग्रता बनायो । न्यु डायमन्ड चौथो सेटमा १५–८ को अग्रता लिएर उपाधि जित्नेतिर अग्रसर भएको थियो । तर, एपीएफले १७–१५ को स्थितिमा ल्याएर खेलमा रोमाञ्चक थपेको थियो । तर, यसपछि न्यु डायमन्डले लगातार ८ अंक जोडेर एपीएफलाई हराउन सफल भयो ।

प्रतिक्रिया दिनुहोस्