अघिल्लो संस्करणको बिजेता हेल्प नेपाल सेमिफाईनलमा



न्युज अफ नेपाल, काठमाडौं । 

अघिल्लो संस्करणको बिजेता टिपटप हेल्प नेपाल वाईवाई डाईनामाईट छैटौ एनभिए महिला तथा पुरुष क्लब च्याम्पियनसिप २०७८ को सेमिफाईनलमा प्रवेश गरेको छ ।

३ भारतीय खेलाडीलाई टिममा सामेल गरेको हेल्प नेपालले बिहिबार भएको क्वाटरफाईनल खेलमा नयाँबजार सामाजिक युथ क्लबलाई २५–२०, २५–१०, २५–१७ को सोझो सेटमा पराजित गर्दै सेमिफाईनलको यात्रा तय गरेको हो । अव हेल्प नेपालले सेमिफाईनलमा पुलिस संगको भेट पक्का गरेको छ । आजै सम्पन्न खेलमा पुलिसले ढोरपाटन स्पोर्टस् क्लबलाई २५–१९, २५–१८, २५–१९ को सेटमा पराजित गर्दै सेमिफाईनलमा स्थान बनाएको हो ।राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा भएको महिला तर्फको खेलमा समूूह ए बाट बिभागिय टोली एपिएफ क्लब बिजेताको रुपमा सेमिफाईनल प्रवेश गरेको छ ।

एपिएफले सेमिफाईलनमा अर्को बिभागिय टोली सेना संगको भेट पक्का गरेको छ । आजै सम्पन्न अन्तिम लिगमा एपिएफले चिरप्रतिद्वन्दि पुलिस क्लबलाई ३–१ को सेटमा पराजित गर्दै समूह विजेताको रुपमा सेमिफाईनलमा स्थान बनाएको हो । एपिएफले पहिलो सेट २५–१४ ले जित्यो । दोश्रो सेट पुलिसलाई २१–२५ ले सुम्पन पुग्यो । तर तेश्रो र चौथो सेट २५–१७ र २५–१९ ले जित्दै पुलिस माथि बिजय पायो । हारका बावजुद पुलिस समूह उपबिजेता बन्दै सेमिफाईनल प्रवेश ग¥यो । यस्तै दोश्रो खेलमा होङ्गवान्जी न्यू डायमण्डले बिभागिय टोली त्रिभुवन आर्मी क्लबलाई २७–२५, २५–२२, २५–२३ को सोझो सेटमा पराजित गर्दै समूह बिजेता हुँदै सेमिफाईनलमा पुलिस संगको भेट पक्का गरेको हो ।

चैत्र महिनमा आयोजना हुने क्लब लिग भलिबल प्रतियोगिताका लागि यसै खेलका आधारमा पुरुष तर्फ ७ र महिला तर्फ ५ टिमले स्थान बनाउने छन् । च्याम्पियन हुने पुरुष तथा महिला टोलीले समान ४ लाख नगद सहित मेडल, ट्रफी र प्रमाण पत्र प्राप्त गर्नेछन् । यस्तै दोश्रोले २ लाख र तेश्रोले १ लाख सहित मेडल, ट्रफी र प्रमाण पत्र प्राप्त गर्नेछन् । च्याम्पियनसिपका उत्कृष्ट महिला तथा पुरुष खेलाडीले नगद २५ हजार र विधा अन्तरगत स्पाईकर, सेटर, ब्लकर, सर्भर, डिफेन्स र प्रशिक्षकले जनही नगद १० हजार प्राप्त गर्ने छन् ।

प्रतिक्रिया दिनुहोस्