प्यालेस र ब्राइटनले अंक बाँडे



लन्डन, (एजेन्सी) । 

इंग्लिस प्रिमियर लिगमा क्रिस्टल प्यालेस ब्राइटनले बराबरी खेल्दै समान अंक बाँडेका छन् ।घरेलु टोली ब्राइटनले शुरुआती अग्रता जोगाउन नसक्दा खेल १–१ गोलको बराबरी टुंगिएको हो ।

सेलहस्र्ट पार्कमा प्रतिस्पर्धात्मक बनेको उक्त खेलको पहिलो हाफको इन्ज्युरी समयमा थप गरिएको दोस्रो मिनेटमा बेलफ्रेड जाहाले गोल गर्दै क्रिस्टल प्यालेसलाई १–० को अग्रता दिलाएका थिए । डी–बक्समा ट्रोससार्ड र कुकुरेल्लाले गल्लाघेरलाई फाउल गरेपछि रेफ्रीले क्रिस्टल प्यालेसलाई पेनाल्टी प्रदान गरेको थियो । जसमा जाहाले सफल प्रहार गरे ।

घरेलु मैदानमा जिततर्फ अघि बढेको क्रिस्टल प्यालेस अन्तिम समयमा सम्हालिन नसक्दा अंक बाँड्न बाध्य बन्यो । इन्ज्युरी समयको थप गरिएको पाँचांै मिनेटमा निल मोउपेले गोल गर्दै ब्राइटनलाई हारबाट जोगाए । यो बराबरीपछि ब्राइटनको समान १३ अंक भएको छ । क्रिस्टल प्यालेसको भने ६ अंक मात्र रहेको छ ।

प्रतिक्रिया दिनुहोस्