ईपीएलमा चौथो खेल स्थगित



नेपाल समाचारपत्र, काठमाडौं  । 

वर्षाका कारण कीर्तिपुरमा जारी चौथो संस्करणको एभरेस्ट प्रिमियर लिग (ईपीएल) मा लगातार खेलमा प्रभावित भएको छ । मंगलबार पनि भिजेको आउटफिल्डका कारण खेल स्थगित गर्नुप-यो ।

हिजो पोखरा राइनोज र काठमाडौं किंग्स इलेभेनबीच खेल हुनुपर्ने थियो । तर, यो खेल सुचारु गर्न कुनै विकल्प नहुँदा स्थगित गरिएको आयोजकले बतायो । अम्पायर र कप्तानबीच लामो छलफलपछि खेल नहुने भएको थियो ।यसअघि, सोमबारका दुवै खेल स्थगित भएका थिए । उक्त दिन काठमाडाैको सामना विराटनगर वारियर्ससँग र भैरहवा ग्लाडियटर्सले चितवन टाइगरसँग सामना गर्नुपर्ने थियो । यस्तै, आइतबार पोखरा र भैरहवाबीचको खेल वर्षाकै कारण स्थगित भएको थियो । यो खेल पुनः सञ्चालन नहुने पनि आयोजकले जनायो भने सोमबार स्थगित खेल भने अर्को मिति तय गरेर खेलाउने जनाएको छ ।

शनिबारदेखि भएको ईपीएलमा मंगलबारसम्म गर्दा ६ खेल हुनुपर्नेमा मात्र २ खेल सम्पन हुन पाएको छ । उद्घाटन खेलमा काठमाडौंले ललितपुर प्याट्रियोटसलाई हराएको थियो भने दोस्रो दिन चितवनले जित हात पारेको थियो । चितवनले विराटनगरलाई २ विकेटले हराएको थियो । त्यसपछि भने खेल हुन सकेका छैनन् ।

प्रतिक्रिया दिनुहोस्