एसी मिलान विजयी



रोम, (एजेन्सी) ।

इटालियन सिरी ‘ए’ मा एसी मिलान विजयी भएको छ ।

मिलानले घरेलु टोली स्पेजियालाई २–१ ले पराजित गरेको हो । मिलानको जितमा ड्यानियल माल्दिनी र ब्राहिम डियाजले गोल गरे । घरेलु टोलीका लागि भने ड्यानिल भेर्डेले एक गोल फर्काए । प्रतिस्पर्धात्मक उक्त खेलमा सबै तीन गोल दोस्रो हाफमा भएको थियो ।

खेलको ४८औं मिनेटमा माल्दिनीको गोलबाट मिलानले अग्रता लिएको थियो । उनी मिलानबाट खेल्ने र गोल गर्ने इटालीका तेस्रो पुस्ताका खेलाडी बने । यसअघि, ड्यानियलका हजुवुवा सिसार माल्दिनी र बुवा पाओलो माल्दिनीले मिलानबाट लामो समय खेल्दै गोल गर्न सफल भएका थिए ।

खेलको ८०औं मिनेटमा भेर्डेले बराबरी गोल फर्काउदा ८६औं मिनेटमा ब्राहिम डियाजले गोल गर्दै मिलानलाई जित दिलाए । जितपछि अपराजित रहेको मिलानले ६ खेलबाट ५ जित र १ बराबरीसहित १६ अंक जोडेको छ । पराजित स्पेजियाको भने ४ अंक रहेको छ ।

सिरी ‘ए’ कै अर्काे खेलमा इन्टर मिलान भने घरेलु मैदानमा एटलान्टासँग २–२ गोलको बराबरीमा रोकियो । इन्टरका लागि लोउटारो मार्टिनेज र इडेन जेकोले गोल गर्दा एटलान्टाका रुस्लान मालिनोभ्स्की र राफयल टोलोईले गोल गरे । बराबरीपछि अपराजित इन्टरको ६ खेलबाट १४ अंक छ । एट्लान्टाको भने ११ अंक रहेको छ ।

प्रतिक्रिया दिनुहोस्