सुष्मी च्याम्पियन



काठमाडौं, (नेस) ।

क्योकुसिन काइकानकी सुष्मी श्रेष्ठ तेश्रो राष्ट्रिय आईएफकेके तौलसमूह फुल कन्ट्याक्ट कराते प्रतियोगितामा च्याम्पियन बनेकी छन् ।

इन्टरनेसनल फेडरेसन अफ क्योकुसिन काइकान कराते नेपाल (आईएफकेके) द्वारा आयोजित प्रतियोगिताअन्तर्गत खुला तौलसमूहको फाइनलमा सुष्मीले आईकेकेएफकी चन्दा भुजेललाई पराजित गरिन् । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को सेमी कभर्डहलमा भएको प्रतियोगिताको पुरुष ३० केजीमुनि केन्द्रीय डोजो आईएफकेकेका प्रिन्स पुजारी पहिलो भए । उनले फाइनलमा थेचोका रमित महर्जनलाई हराए ।

३५ केजीमुनि केन्द्रीय डोजो आईएफकेकेका शेख रिच्बोन्डले गुडस्टारका सुशान्त सापकोटालाई पन्छाउँदै पहिलो स्थान हात पारे । ४५ केजीमुनि आईकेए एयरपोर्टका अनमोल माझीले स्वर्ण जिते । उनले फाइनलमा केन्द्रीय डोजो आईएफकेकेका सुरज विकको चुनौती पन्छाए ।

पुरुष ५० केजीमुनि आईकेए एयरपोर्टका विजय राईले फाइनलमा आईकेए एयरपोर्टकै अभिषेक माझीलाई निराश पार्दै शीर्ष स्थान हात पारे । ६५ केजीमुनि क्योकुसिन कानका सन्तोष विश्वकर्माले स्वर्ण चुमे । उनले फाइनलमा क्योकुसिन कानकै सौरभ बस्नेतलाई पाखा लगाए ।

प्रतिक्रिया दिनुहोस्