विराटनगरमाथि चितवनको रोमाञ्चक जित



{“caption”:”u0924u0938u094du092cu093fu0930 : u0907u0932u093fu091f u091cu094bu0936u0940″,”photographer”:””,”alt_text”:””}

न्युज अफ नेपाल, काठमाडौं ।

एभरेष्ट प्रिमियर लिग क्रिकेट (ईपीएल) को सोमबार भएको पहिलो खेलमा चितवन टाइगर्सले जित हात पारेको छ । जारी प्रतियोगितामा विजयी सुरुआत गर्ने क्रममा चितवनले विराटनगर वारियर्सलाई २ विकेटले पराजित गरेको हो ।

त्रिवि क्रिकेट मैदानमा भएको खेलमा पहिला ब्याटिङ गर्दै विराटनगरले ९ विकेट गुमाएर १५१ रन बनाएको थियो । जवाफी ब्याटिङ गरेको चितवनले अन्तिम बलमा चौका प्रहार गर्दै ८ विकेटको क्षतिमा जित हात पार्‍यो ।चितवनको जितमा राजेश पुलामीले नटआउट ४३ रनको योगदान दिए । यस्तै भीम सार्कीले ३० रन बनाए भने दीलिप नाथले २३ रनको योगदान दिएका थिए । ओपनर इशान पाण्डे १० र मोहम्मद शहजाद १ रनमा आउट भएपछि राजेशले इनिङ्ग्स सम्हालेका थिए ।

विराटनगरका लागि कप्तान करण केसी र सिकन्दर राजाले २–२ विकेट लिए ।यसअघि खराब ब्याटिङ गरेको विराटनगरलाई सिकन्दर राजाले ६७ रन बनाउँदै चुनौतीपूर्ण स्कोरसम्म पुर्‍याएका थिए । विराटनगरका ३ ब्याटर शून्यमा आउट हुँदा ३ जनालेमात्र दोहोरो अंकमा रन बनाएका थिए । चितवनका लागि कप्तान सोमपाल कामी, कमल ऐरी, करिम जन्नत र सागर ढकालले २–२ विकेट लिएका थिए ।

प्रतिक्रिया दिनुहोस्