पलेशालाई खेलाडी संघको सम्मान



काठमाडौं, (नेस) ।

नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघले टोकियो पारालिम्पिक गेम्समा उत्कृष्ट प्रदर्शन गरेकी तेक्वान्दो खेलाडी पलेशा गोवद्र्धनलाई बिहीबार नगदसहित सम्मान गरेको छ ।

खेलाडी संघका अध्यक्ष दीपक श्रेष्ठ, महासचिव शिवसुन्दर गोथेलगायतले पलेशालाई नगद १० हजार रुपैयाँ र प्रशंसा–पत्र प्रदान गरी सम्मान गरे । सोही अवसरमा टोलीका प्रशिक्षक कविराज नेगी लामा र व्यवस्थापक दीपक विष्टलाई पनि प्रशंसा पत्रबाट सम्मान गरिएको थियो ।

पारालिम्पिकमा नेपालबाट सहभागी एक मात्र खेलाडी पलेशाले रिपाचेजमा २ खेल जित्दै कांस्य पदकनजिक पुगेकी थिइन् । रिपाचेजको पहिलो खेलमा अमेरिका र दोश्रोमा सर्बियाकी खेलाडीलाई हराएकी पलेशा फाइनलमा चीनकी खेलाडीसँग चुकेकी थिइन् । त्यसअघि, मुख्य ‘ड्र’ को पहिलो खेलमा पलेशा बेलायतकी खेलाडीसँग पराजित भएकी थिइन् । पारालिम्पिकको प्रदर्शनपछि पलेशा विश्व वरीयताको पाचौं स्थानमा उक्लिएकी छन् । त्यसअघि, पलेशा वरीयताको १३ औं स्थानमा थिइन् ।

प्रतिक्रिया दिनुहोस्