मोवाईल चोर्दा चोर्दै दुई पक्राउ



बर्दिया । बढैयाताल गाउंपालिका ६ मैनापोखर बजारमा रहेको क्रितिसा इलेक्ट्रिकल पसलको सटर फोडेर मोवाईल चोरी गरी भाग्दै गरेका २ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा सुर्खेतको बीरेन्द्रनगर बस्ने इस्लाम मदिन र बांकेको डुडवा गाउंपालिका बस्ने मुसा केरेसीलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय बर्दियाले जानकारी दिएको छ ।
उनीहरुको साथबाट चोरी गरेको ४ थान मोवाईल सेट बरामद भएको प्रहरीले जनाएको छ ।

 

प्रतिक्रिया दिनुहोस्