नेपालसँग फुटबल खेल्न सँधै कठिन हुन्छ :भारतीय कप्तान क्षेत्री



काठमाडौं ।

नेपाल र भारतबीच विहीबार मैत्रीपूर्ण फुटबल खेल हुँदैछ । सो खेल हुन अघिल्लो दिन बुधबार आयोजित पत्रकार सम्मेलनमा भारतीय कप्तान सुनिल क्षेत्रीले नेपाली फुटबल टिम बलियो रहेको प्रतिक्रिया दिएका छन् ।उनले नेपालसँग खेल्नुसँधै कठिन हुने बताएका छन् ।

उनले आफूले घरेलु मैदानमा नेपालसँग खेल्नु कठिन हुने भन्दै भोलिको खेललाई सहज रुपमा नलिने बताए । उनले नेपालले पछिल्ला दिनहरुमा राम्रो फुटबल खेलिरहेकोसमेत बताए ।

भारतीय टिमका मुख्य प्रशिक्षक स्टिमिकले पनि नेपाली टिमको प्रशंसा गरे । उनले नेपालले मैदानमा राम्रो प्रदर्शन गर्दै आएको भन्दै आफूहरुले सोही अनुसारको रणनीति बनाएको बताए ।

प्रतिक्रिया दिनुहोस्