कोपामा कोलम्बियालाई तेस्रो स्थान



रियो दि जेनेरियो, एजेन्सी ।

ब्राजिलमा जारी कोपा अमेरिका फुटबलमा कोलम्बियाले तेस्रो स्थान हासिल गरेको छ ।

प्रतियोगिताअन्तर्गत शनिबार बिहान तेस्रो स्थानका लागि भएको खेलमा कोलम्बियाले पेरूमाथि इन्जुरी समयमा विजयी गोल गर्दै खेल ३–२ ले जित्न सफल भयो । एक गोलले पछि परेको अवस्थामा लुइस डियाजले दुई तथा जुआन कोर्डाडोले एक गोल गरेपछि कोलम्बियाले पेरूमाथि पुनरागमन जित निकाल्दै तेस्रो स्थान हासिल गरेको हो । पेरूका योसिमार योटन र जियानलुका लापाडुलाको गोल सान्त्वना बन्यो ।

सेमिफाइलनमा पराजित दुई टिमहरू तेस्रो स्थानका लागि भिडेका थिए । सेमिफाइनलमा पेरू ब्राजिलसँग १–० ले हारेको थियो भने कोलम्बिया अर्जेन्टिनासँग पेनाल्टी सुटआउमा ३–२ ले पराजित भएको थियो । यी दुई पराजित टिम तेस्रो स्थानका लागि भिड्दा कोलम्बियाले बाजी मार्न सफल भयो ।

निकै प्रतिस्पर्धात्मक उक्त खेलमा शुरूवाती अग्रता पेरूले लिएको थियो । खेलको ४५औं मिनेटमा योस्हिमार युटुनले गोल गरेर अग्रता दिलाएका थिए । त्यसपछि दोस्रो हाफ शुरू भएको चार मिनटमै कोलम्बियाका लागि जाउन काउडराडोले गोल गरेर खेल १–१ को बराबरी बनाएका थिए ।

त्यसपछि खेलको ६६औं मिनेटमा कोलम्बियाका लागि लुइस डियाजले गोल गर्दै कोलम्बियालाई २–१ को अग्रता दिलाएका थिए । तर, खेलको ८२औं मिनेटमा पेरूका लागि जियानलुका लापाडुलाले गोल गर्दै खेल २–२ बनाए । उक्त बराबरी गोलपछि खेल पेनाल्टी सुटआउटमा जाने संकेत देखिएका थियो ।

तर, त्यसपछि इन्जुरी समयमा कोलम्बियाले विजयी गोल गर्न सफल भयो । ६ मिनेटको इन्जुरी समयको ९४औं मिनेटमा लुइस डियाजले डीबक्स बाहिरबाट लङ रेन्जमा खतरनाक प्रहार गरेपछि खेल कोलम्बियाले ३–२ ले जित्यो । लुइस मुरिएलले हानेको खतरनाक सटमा पेरूका गोलकिपरले रोक्ने मौका नै पाएनन् । यो जितसँगै कोलम्बियाले समूह चरणमा भोगेको हारको बदला लिएको छ । समूह चरणमा पेरूले २–१ को जित निकालेको थियो ।

प्रतिक्रिया दिनुहोस्