फुटसल संघले बुझायो ज्ञापन पत्र



काठमाडौं, (नेस)

फुटसल व्यवसायीहरूको छाता संगठन नेपाल फुटसल व्यवसायी संघले कोभिड–१९ का कारण फुटसल व्यवसायीमा परेको असरको परिणामलाई मध्यनजर राख्दै जिल्ला प्रशासन कार्यालय काठमाडौँलाई ज्ञापन पत्र बुझाएको छ ।

कोभिडका कारण विगत दुई महिनादेखि जिल्ला प्रशासन कार्यालय काठमाण्डौले जारी गरेको निषेधाज्ञाका कारण सबै क्षेत्रले बाध्य भई आफ्ना क्रियाकलापलाई बन्द गर्न बाध्य भएकोमा हाल निषेधाज्ञामा केही खुकुलोपन आई सहजता देखिएकोले फुटसलले पनि उक्त खुकुलोपनको उपभोग गर्न पाउनुपर्ने माग गर्दै ज्ञापन पत्र बुझाएको हो ।

सबै वर्ग, समूहका लागि शारीरिक, मानसिक स्वास्थ्यसँग जुटेको फुटसल ठूलो लगानी गरी खोलिएकोले लामो समयसम्म सञ्चालनमा नआएका कारण बैंक ब्याज, कर्मचारीको तलब लगायत विभिन्न आर्थिक व्ययभार बहन गर्नु पर्नाका कारण ठूलो क्षति व्यहोर्न बाध्य भएकोले राज्यले तोकेको मापदण्ड पूरागरी प्रतिबद्धतासहित फुटसल सञ्चालन गर्न पाउनुपर्ने माग संघका अध्यक्ष तथा महासचिवद्वारा हस्ताक्षरित ज्ञापन पत्रमा लेखिएको छ ।

प्रतिक्रिया दिनुहोस्