इंग्ल्यान्डप्रति नकारात्मक टिप्पणी



लन्डन, (एजेन्सी)

इंग्ल्यान्डले युरोकप २०२० को फाइनलमा स्थान सुरक्षित गरेसँगै इंग्लिस टिमप्रति नकारात्मक टिप्पणीको पनि ओइरो लागेको छ । इंग्ल्यान्डले बुधबार राति भएको सेमिफाइनल खेलमा डेनमार्कलाई २–१ ले हराएको थियो । यसै सन्दर्भमा अन्तिम १६ मा जर्मनीलाई हराएको इंग्ल्यान्डप्रति जर्मन मिडियाले बतायो कि पेनाल्टी निर्णयमा सन्देह रहेको छ । जर्मनीको लोकप्रिय टेबलोइड बाइल्डले उल्लेख गरेको थियो—इंग्ल्यान्ड केन र भाग्यको सहाराले फाइनलमा पुगेको छ । पेनाल्टीले आयोजकलाई जित दिलायो र फाइनलमा पुर्‍यायो ।

यस्तै फ्रान्कफर्टर अलजेमीन जेइटुङले लेखेको थियो, ‘पेनाल्टीबारे डेनिसहरू निकै रिसाएका छन् । उनीहरू क्रिस्टियन इरिक्सेनको ह्रदयघात घटनापछि फेरि दुःखी भए । उनीहरू युरोपियन च्याम्पियनसिपको फाइनल निकट थिए । तर, विवादास्पद पेनाल्टीले उनीहरूको सपना सिध्याइदियो ।

यस्तै क्वार्टरफाइनलमा इंग्ल्यान्डसँग हारेको युक्रेनका केही महानुभावहरूले पनि इंग्ल्यान्डप्रति नकारात्मक टिप्पणी लेखे । ब्लगर युरी बोहडानोभले बताए कि विवादास्पद पेनाल्टीले इंग्ल्यान्डलाई एन्टी फुटबल बनायो, फुटबल र एन्टी फुटबल फाइनलमा भेट्न भएका छन् । यस्तै अर्का ब्लगर यारोस्लाभ माट्युसिनले इंग्ल्यान्डलाई छल गरेर जितेको बताए ।

युक्रेनका पूर्व राजदूत भालेरीले फेसबुकमा लेखे–‘म्याच अधिकारीहरू पेनाल्टी दिएर इंग्ल्यान्डतिर ढल्केका थिए । इंग्लिसहरू जितका हकदार थिए, तर, किन उनीहरूलाई यसरी सहयोग गर्नुपरेको त?’

अर्का युक्रेनीबासीले फेसबुुकमा लेखे–‘यो खेल रेफ्रीले फुटबललाई बिगारेको उदाहरण हो । मेरो लागि डेनमार्क विजेता हो ।’

प्रतिक्रिया दिनुहोस्