प्रधानसेनापतिद्वारा ओलम्पिकमा छनोट खेलाडीलाई बधाई



नेपाल समाचारपत्र, काठमाडौं । 

प्रधानसेनापति पूर्णचन्द्र थापाले जापानमा हुने ग्रीष्मकालीन ओलम्पिकमा छनोट भएका नेपाली सेनाका खेलाडीलाई बधाई तथा शुभकामना दिनुभएको छ । मंगलबार भएको उक्त कार्यक्रममा प्रधानसेनापति थापाले खेलकुद विकासका लागि नेपाली सेनाले आफ्नो तर्फबाट दिँदै आएको योगदानबारे बताउनुभयो । हालसम्म नेपाली सेनाका २४ खेलाडीले ओलम्पिकमा सहभागिता जनाइसकेका छन् ।

जापानमा हुने ओलम्पिकमा नेपाली सेनाका खेलाडीहरू सरस्वती चौधरी र कल्पना परियारले सहभागिता जनाउनेछन् । नेपाली सेनाअन्तर्गत त्रिभुवन आर्मी क्लबकी सरस्वतीले   सय मिटर स्प्रिन्टमा (दौड) प्रतिस्पर्धा गर्नेछिन् । म्याराथनको लागि छनोट भइसकेका गोपीचन्द पार्कीको सट्टामा सरस्वतीलाई ओलम्पिकमा खेल्न मौका दिइएको हो । पार्कीले पहिले नै ओलम्पिकका लागि छनोट भइसकेको भने पनि अन्तमा आएर राखेप, एथ्लेटिक्स संघ र एनओसीले उनको कोटा नभएको भनेर विज्ञप्तिमार्फत् सूचित गरेका थिए । यस्तै शुटिङ खेलाडी कल्पनाले १० मिटर एयर राइफल विधामा प्रतिस्पर्धा गर्नेछिन् ।

प्रतिक्रिया दिनुहोस्