११ मूर्तिसहित दुई पक्राउ



काठमाडौं, (नेस) । 

गोकर्णेश्वर नगरपालिका–४ गोकर्ण रमपम चोकस्थित कृष्ण मन्दिरबाट चोरी भएका ११ थान मूर्तिसहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा गोकर्णेश्वर नगरपालिका–७ दक्षिणढोका बस्ने ओखलढुङ्गा लिखु गाउँपालिका–९ घर भएका अंकित घिमिरे र गोकर्णेश्वर नगरपालिका–८ बालुवाखानी बस्ने सर्लाही रामनगर गाउँपालिका–६ घर भएका रूपनायाण साह रहेका छन् ।

उक्त मन्दिरबाट गत जेठ २३ गते मूर्ति चोरी भएको भन्ने खबर प्राप्त हुनासाथ महानगरीय प्रहरी वृत्त बौद्ध र महानगरीय प्रहरी प्रभाग गोकर्णबाट खटिएको प्रहरीले उनीहरूलाई पित्तलको सानो ठूलो मूर्ति आठ थान र प्लास्टिकको मूर्ति तीन थान गरी जम्मा ११ थान मूर्तिसहित फेला पारी पक्राउ गरेको हो ।

प्रतिक्रिया दिनुहोस्