पत्रकार भन्दै ठगी गर्ने दुई जना पक्राउ



काठमाडौं, (नेस) । 
आफूलाई वनकाकर्मचारी तथापत्रकार भन्दै ठगी गरेको अभियोगमा सुन्दरहरैँचानगरपालिका–७बस्ने पुष्पप्रसाद सिग्देल र सुनसरी इटहरी उपमहानगरपालिका–६ जुटविकास बस्ने दधिराम चौहानलाई प्रहरीले पक्राउ गरेको छ ।

उनीहरूले हामीवनको कर्मचारी र पत्रकार हौं कार्यालयमा तेलको आवश्यक छ सहयोग गर्नु अन्यथातपाईंहरूलाई काम गर्न अप्ठेरो हुने धम्कीदिई विभिन्न काठमिलमा रकम उठाई ठगी गरेको पाइएपछि इलाकाप्रहरी कार्यालय सिजुवाबाट खटिएको प्रहरी उनीहरूलाई रतुवामाई नगरपालिका–१० स्थितमाइवेनी मिलबाट पक्राउ गरेको हो ।उनीहरूमध्ये दधिरामको साथबाट २५ हजार नौ सय ९५ रुपियाँ र पुष्पप्रसादको साथबाट सात हजार रुपियाँ गरी ३२ हजार नौ सय ९५ रुपियाँप्रहरीले बरामद गरेको छ ।

साथै,उनीहरूको साथबाट सृष्टि साप्ताहिकतथा सन्देश दैनिक समाचारपत्र लेखिएको एकथान रसिद प्याड, उठाएको रकमअभिलेख भएको एकथान डायरी, एकथानकान्तिपुर पोस्टको बजार व्यवस्थापक परिचयपत्र, एकथानजनमत साप्ताहिकको संवाददाता परिचयपत्र, एक थान बराह साप्ताहिकको संवाददाता परिचयपत्रसमेत प्रहरीले बरामद गरेको छ ।

प्रतिक्रिया दिनुहोस्