‘लोकतान्त्रिक गणतन्त्रको राजनीतिक अभ्यास ‘विचरो’ वन्यो’



काठमाडौं

मन्त्रीपरिषद्का पुर्व अध्यक्ष तथा पुर्व प्रधान न्यायाधिश खिलराज रेग्मीले राजनीतिक विवादलाई अदालतको प्रांगणमा पुुर्याउने र त्यहाँको परेड खेल जस्तो दृश्यले लोकतान्त्रिक गणतन्त्रको राजनीतिक अभ्यास ‘विचरो’ वन्न पुगेको महसूस भएको बताउनु भएको छ ।नेपालको संविधानको मुल मर्म मूल मर्म नागरिक सर्वोच्चता भएको बताउदै पुर्व अध्यक्ष रेग्मीले वहुदलीय शासन प्रणलीमा यसको व्यवहारिक कार्यान्वयन र अभ्यासमा राजनीतिक दलहरु र यसका नेतृत्व वर्गको अंह भूमिका अपेक्षित र महत्वपुर्ण हुने पनि बताउनु भएको छ ।

गत एक वर्ष भन्दा लामो समयदेखि राजनीतिक खिंचातानी र कोभिडको महामरीले नेपाली जनजीवन उदेक लाग्दो चक्रव्युह र कष्टकर जीवन यापन गर्न अभिषप्त रहदै आएको भन्दै रेग्मीले भन्नुहुन्छ– आर्यघाटको लासको चाङको दारुण दृश्य र चिताको चित्कारले के सन्देश दिई रहेछ ? अस्पतालको वेड खोज्दै कोभिडको विरामी घुमाउदा घुमाउदै मृत्युवरण गरेको समाचार र आपmन्तजनका दारुण क्रन्दनले हामी कुन अवस्थामा छौं ? भन्ने कुरा जग जाहेर गर्दछ ।चौधौं गणतन्त्र दिवसको पुर्व सन्धानमा पुर्व अध्यक्ष रेग्मीले सधै राजनीतिक विवादलाई अदालतको प्रांगणमा पुुर्याउने र त्यहाँको परेड खेल जस्तो दृश्यले लोकतान्त्रिक गणतन्त्रको राजनीतिक अभ्यास ‘विचरो’ वन्न पुगेको भन्दै सवै मिली जुटेर नागरिकको जीवन सुरक्षित गर्ने कुरा सर्वाधिक प्राथमिकताको विषय वन्नु पर्ने बताउनु भएको छ ।

राजनीतिक दलहरुको नेतृत्वमा सरकार गठन हुन नसकेको अवस्थामा मन्त्रीपरिषदको अध्यक्ष भई तोकिएकै समयसिमा भित्र सफलतापुर्वक दोस्रो संविधान सभाकोको निर्वाचन सम्पन्न गर्न सफल हुनुभएका रेग्मी भन्न्हुन्छ– गणतन्त्र दिवस स्मरण गरी रहँदा आज एकातिर कोभिडको महामारीले फेरि हामीलाई गाँजेको छ भने राजनिति नराम्ररी दलदलमा फसेको हुदा वातावरण उल्लासमय हुन सकी रहेको छैन । त्यस माथि मौसमी चक्रवात थपिएको छ ।गणतन्त्र दिवसको सन्देश दिदै उहाले भन्नुभएको छ– राजनीति आफैमा समस्या नवनी जनजीविकाको समस्या समाधान गरी समृद्ध नेपालको परिकल्पना साकार पार्ने औजार वन्न सके मात्र गणतन्त्र दिवस मनाउनुको सार्थकता हुनेछ ।

प्रतिक्रिया दिनुहोस्