महामारीले बदलिएको परिवार



टंक पन्त

कोभिड–१९नयाँ भेरियन्टसहितको दोस्रो महामारीले परिवार पनि सँगै बस्न नहुने अवस्था सिर्जना गरिदिएको छ । घरघरमा महामारी प्रवेश गरेको छ । स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाउँदा अपनाउँदै पनि कहाँबाट महामारी प्रवेश ग¥यो, थाहै भएन भन्दै परिवारका सदस्यहरुलेविलौना गर्ने गरेका छन् । घरमा बस्दा पनि मास्क लगाउनुपरेको कारण एक–अर्काको अनुहार हेर्न पनि नपाइने मात्र होइनदूरीसमेत कायम गरेर बसौं भन्न थालिएको छ । सामान्य रुघाखोकी लाग्यो किलौ कतै कोरोनाले त समाएन भन्दैथप सतर्कता अपनाउनुपर्ने भयो हैभन्नुपर्ने भएको छ ।अति अप्ठ्यारो स्थितिले गर्दा परिवारमा खुशीभन्दा पनि त्रास बढ्दै गएको छ । यसले गर्दा परिवारमा थप पीडा हुँदै गएको छ । यो अवस्था आउनुलाई विज्ञहरु पनिपरिवार मात्र होइन सामाजिक वातावरणलाई नैधुमिल बनाउन थालेको बताउँछन् ।

हुन पनि कोरोना लाग्यो कि के हुने हो भन्ने त्रास उच्च स्तरको रहेको छ । केही भैहाल्यो भने के गर्ने?अस्पतालमा बेड छैन, अक्सिजन छैन । एकातिर अस्पतालमा भर्ना भएकामध्ये जटिल अवस्थामा पुगेका धेरैको ज्यान फर्काउन निकै गाह्रो छ भने अर्कोतिरबेडर अक्सिजन नपाएर पनिदिनहुँ मान्छेले मृत्युवरण गर्नुपरेको कहाली लाग्दो अवस्थाले सिंगो देशलाई गाँजेको छ। यही कहाली लाग्दो भयावह अवस्थाले गर्दा कोरोना महामारीबाट सबैभन्दा जोखिमको सूचीमाअहिले नेपाल परेको छ । यो भयानक परिवेशले परिवारको स्वरुप पनि बदलिएको छ ।महामारीको पहिलो चरणमानिकै सीमित संख्यालाई महामारीले छोएको थियो । मृत्यु हुनेको संख्या पनि निकै कम थियो । राज्यले समयमै लकडाउन गरेर कन्ट्रोल गरेको थियो । एउटा टोलमा, एउटा घरमा एकजना कसैलाई कोरोना देखियोभने त्यो टोल नैसिल गरिन्थ्यो ।त्यतिमात्र होइन,बाटोमा परेको घर छ भने त्यो बाटो नहिँड्ने अवस्था थियो । हिँडिहालेमाअर्कोतिर फर्केर हिँड्ने समाज पनि यही हो ।अस्पतालमा लगेको बिरामीको अनुहार त के, आफन्तहरुलाई अस्पतालको गेटबाट भित्र जान पनिदिइँदैनथ्यो । कसैले मृत्युवरण ग¥यो भने त्यो लास उठाउन निकै कठिन थियो

। तर अहिले नयाँ भेरियन्टसहितको दोस्रो लहरले यति धेरै भयावह रुप लिएको छ र पनिगतवर्षको तुलनामाबिरामीलाई हेर्ने व्यवहार र कार्यशैलीमा आमूल परिवर्तन आएको छ । अस्पतालमा कोरोनाले मृत्युको मुखमा पुगेको बिरामीलाई पनि पीपीई लगाएर भेट्न पाइन्छ । स्वास्थ्यकर्मीहरुलेसुरक्षाका मापदण्ड अपनाएर उपचारमा कुनै पनि कन्जुस्याइँ गरेका छैनन् । गतवर्षधेरै चिकित्सक बिरामीको बेडमा शायदै पुग्थे, नर्सहरुले दिएको रिपोर्टका आधारमा औषधि लेख्थे । अहिले हजार गुना खतरा छ । कोरोना लागेका धेरैले ज्यान गुमाएका छन् । तर पनि स्वास्थ्यकर्मी र परिवारका सदस्यले समेत हरेक जोखिमलाईप्रवाह नगरी बिरामीकोउपचार एवं स्याहार गरेका छन् ।अहिले पनि मलाई झलझली सम्झना आउँछ, गतवर्ष गुल्मी, बोख्रे माजराबाट उपचारार्थ काठमाडौं ल्याइएकीउमाकलाकण्डेललेपरिवारसँग अहिलेजस्तो भेटघाट गर्ने अवसर पाएको भए शायद उनको ज्यान जाने थिएन होला । अस्पतालले परिवारलाईगेटबाटै भित्र पस्न दिँदैनथ्यो भने बेडमा सुतिरहेकीकण्डेललाई स्वास्थ्यकर्मीले पनि विगतमा बिरामी भएर भर्ना हुँदाजस्तो के छ, कस्तो छ आमा भन्दै पटक–पटक सोध्नजाँदैनथे । यसै तघरमा पनि उनी कहिल्यै पनि एक्लै नबस्ने मान्छे, दुई हप्ता एक्लै जस्तो बेडमा बस्नुपर्दा र परिवारलाई भेट्न नपाएकै कारणपनि उनको मन कुडिँदै गयो । आत्मबल बढाउनुपर्ने समयमा परिस्थितिले नै आत्मबल घटायो । अनिकारोनाले धेरै नलगलाएको भए पनि उनको दुःखद निधन भयो । अहिलेको जस्तो अवस्था हुँदो हो त शायदउनी अझै केही वर्ष अवश्य बाँच्ने थिइन् । उनकै परिवारका सदस्यहरु युवराज कण्डेल, विमला काफ्ले, मीना शर्मा, नेत्र कण्डेल अहिले रगतसालको अवस्था सम्झँदा टहलिने गरेको पाएको छु ।

तर अहिले घरघरमा महामारीले सताएको छ । निकै भयानक खालको अवस्था छ । केही दिनमा सन्चो होला भन्दा एक्कासी अप्ठ्यारोपार्ने गरेको छ । दुई हप्ताअगाडिको कुरा हो,स्वास्थ्य मापदण्डलाई ख्याल गर्दैघरमै उपचार गराइरहेकीशारदाले दाइतपाईंको भाइको अक्सिजन कम भयो, अप्ठ्यारो भयो भन्दै फोन गरिन् । बिहान साढे ४ बजेको हुँदो हो । त्यतिखेरैदेखि अस्पतालमा बेड नपाउने अवस्था थियो ।हातमुख पनि नधोई गाडी स्टार्ट गरेरहुइँकिँदै गर्दा तीन–चारवटा अस्पतालमा बेडका लागि फोन पनि गरेँ ।ग्रिनसिटीका मित्र लोकबहादुर टण्डनले एउटाबेड मिलाएको छु, १५ मिनेटभित्र बिरामी ल्याइहाल्नू भन्नुभयो । अनि शंखमूल बस्ने भाइ रेवतीराम पन्थलाई आफ्नै गाडीमा राखेर बसुन्धरास्थित अस्पतालमा ल्याएँ । कोरोना पुष्टि भएको पनि ५ दिन भैसकेको बेला एक मनले सोचेँ– एम्बुलेन्स खोज्नुपर्छ कि? अर्को सोचाइ आइहाल्यो,बेडको अभावका बेला बल्लतल्ल बेड पाएको छ । १५ मिनेटमा त पु¥याइहाल्नुपर्छ, नत्र बेड नपाउन सक्छ भनेर उनलाई आफ्नै गाडीमा राखेर इमर्जेन्सी बत्ती बाल्दैभनेकै समयमा अस्पतालमा पु¥याउन सकेँ। मनमा केही डर भएपनि त्यो बेला समयमा नैअस्पताल पु¥याउँदानिकै आनन्दकोे अनुभूति भएको थियो । नभन्दै केही समयपछि उपचारपश्चात् उनी घर फर्किए पनि । उनको पनि बीचमा एकपटक निकै डरलाग्दो रिपोर्ट आएको थियो । परिस्थिति त्यस्तै थियो ।त्यसैले एक दिनपरिवारमा भयानक पीडा भयो, जुन कुराबिरामीलाई पनि भनिएन ।

रेवतीलाई अस्पताल लगेकै दिन साँझपरिवारका अर्का सदस्य मनु पन्थलाई पनि गाह्रो भयो । लक्षण पूरैकोरोनाकै थियो । साँझ उनलाई डिल्लीबजारबाट आफ्नै घरमा ल्याएर सुरक्षितसाथकोठामा राखेँ । अर्को दिन परीक्षण गर्दा उनको पनि पोजेटिभ देखियो । एकै दिन साँझ–बिहान पोजेटिभ बिरामीसँगसँगै हिँडेको थाहा पाउनेले मलाई विभिन्न कुरा पनि सुनाए । तर मैले किञ्चित पछुताइन। उपचारमा सम्पूर्ण ध्यान दिएर सन्चो बनाउँदा आफैंले आफैंलाई पनि नयाँ जीवन दिएको अनुभूति भएको थियो । किनकि पहिलो कोरोनाको महामारीको चपेटामा आफू पनि नराम्ररी परेको झल्झली सम्झना आएकै थियो ।परेको बेला गर्न सक्नेसम्म गर्नुपर्छ भन्ने मान्यता सधैँ नै रहने गरेको छ ।परिवारमा छुट्टाछुट्टै बस्ने काम भने गरियो । म एकातिर, छोरी अर्कोतिर, श्रीमती र छोरा अर्को कोठामा, कान्छे मनुअर्को कोठामा गरी केही दिन एउटै घरमा चारतिर बस्दा कम सास्ती र त्रास भएन । तर त्यो कुरा कसैलाई भनिएन। हप्ता दिनपछि घरमा त्यो स्थिति थाहा पाएर नजिकैका आफन्तलाई लामै समय डर भएछ । भेटघाट लामै समय भएन। देखा पर्दैमा त केही हुने होइन ।हुन तभयावह अवस्थामा आफ्नोस्वास्थ्यको ख्याल राख्नुलाईस्वाभाविक नै मान्नुपर्छ।स्वास्थ्यसुरक्षाका मापदण्ड पूरापूर अपनाइएको थियोर पनि केही डर–त्रास भने नभएको होइन । त्यति मात्र होइन, दिनहुँ अस्पताल जानुपर्ने थियो । निषेधाज्ञा भएकोले शारदा अनिनजिककापरिवारकै सदस्य सूर्य रेग्मी, मीना र म मात्र अस्पतालमा पुग्न सकिने अवस्था थियो ।

यो त एउटा उदाहरण मात्रै हो ।यस्तो अवस्था अहिले सर्वत्र छ । अनेक परिवारले यो स्थितिको सामना गर्नुपरेको छ । यसले गर्दा महामारीले परिवार नै बदलिनुपरेको छ । परिवारमै स्वास्थ्य सुरक्षाका मापदण्डलाई ख्याल गरेर बस्नुपरेको छ । आफ्नै आँखाअगाडि जल्दाबल्दा व्यक्तिहरुको ज्यान गइराखेको छ ।मिडियामा दिनहुँ मुत्यु हुनेको खबर बढेको छ । सामाजिक सञ्जालश्रद्धाञ्जलि र समवेदनाले भरिएका छन् । बिहानै फोन आउँदा झसङ्ग हुनुपर्ने स्थिति छ । तर पनि संकटका बेलाआफू सुरक्षित भएर सक्दो सहयोग प्रभावितलाई गर्नु नागरिकको दायित्व पनि हो ।देशभरि अक्सिजन नपाएर मान्छे मर्दा पनि राज्यको जिम्मेवार पक्ष रनेतृत्वकोध्यान अझै पनि त्यसतर्फ गएको देखिएको छैन । बिरामी र आफन्त मात्र होइन, आम नागरिकहरुमा केही भैहाल्यो भने कसरी बाँचिने होला भन्ने भय र त्रास छ । जति आत्मबल बढाउने भने पनि वातावरण त्यो अनुरुपको छैन । यस्तोमहामारीकोअवस्थालाई ध्यानमा राखी राज्यलेसम्पूर्ण शक्ति र ध्यान दिनुपर्छ। अस्पताल सञ्चालकहरुले संकटको मौका छोपी जसरी मनपरि शुल्क असुल्ने गरेका छन्, त्यो मानवीयताविरुद्धको अपराध हो ।कोरोना महामारीअगाडिसम्म एउटा रेट रहेको बेडको चार्ज कोरोना महामारीपछि दोब्बर–तेब्बर बनाउँदा पनि सरकारले थाहै नपाएजस्तो गरेको छ । निजी अस्पतालहरुलेशुल्कमा गरेको मनोमानी वृद्धिलाई राज्यले कडाइका साथ नियन्त्रण गर्नुपर्छ । राज्यका तर्फबाटगर्नुपर्ने भूमिकामा कमी हुन दिनुहुँदैन ।

प्रतिक्रिया दिनुहोस्