नेपाललाई भेट्न पौडेल र नेम्वाङ पुगे सिंहदरबार



न्युज अफ नेपाल, काठमाडौँ ।

नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाललाई भेट्न नेताहरु विष्णुप्रसाद पौडेल र सुवास नेम्वाङ सिंहदरबार पुगेका छन् । नेपाल भने आफ्नो पक्षको स्थायी कमिटी बैठकमा रहेको बताइएको छ ।

नेपालले बैठकपछि पौडेल र नेम्वाङसँग भेटवार्ता गर्ने स्रोतले जनाएको छ । प्रधानमन्त्री ओलीले भोलि संसद्को विशेष अधिवेशन बोलाएका छन । तर, त्यसअगाडि नै नेपाल समूहका सांसदहरुले भने सामुहिक राजीनामा दिने तयारी गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्