‘कोरोना भ्याक्सिन’ कालोबजारी गरेको आरोपमा दीपक ढकाल लगायतको गिरोह पक्राउ



न्युज अफ नेपाल, काठमाडौं ।

रेम्डिसिभर भ्याक्सिन कालो बजारी गरेको आरोपमा महाराजगन्जबाट दीपक ढकाल लगायतको गिरोहलाई प्रहरीले पक्राउ गरेको छ । करिब ४ हजार रुपैयाँ पर्ने मूल्य रहेको सो भ्याक्सिन बजारमा सहज उपलब्ध नहुँदा कालो बजारीयाले २५ हजार रुपैयाँसम्म लिने गरेका थिए ।

एउटा बिरामीलाई सो भ्याक्सिन कम्तीमा ६ डोज दिनुपर्ने चिकित्सकको भनाइ छ । बजारमा सो भ्याक्सिन अभाव हुँदा बिरामीका आफन्तले सवा लाख रुपैयाँसम्म बढी मूल्य तिर्न बाध्य हुँदै आएका थिए ।

प्रतिक्रिया दिनुहोस्