एमाले लुम्बिनी प्रदेशसभा सदस्य डाँगीले दिए राजीनामा



यमलाल भुसाल, बुटवल ।

लुम्बिनी प्रदेशकमा नेकपा एमालेका प्रदेशसभा सदस्य अमरबहादुर डाँगी क्षेत्रीले राजीनामा दिर्नु भएको छ । मुख्यमन्त्री शंकर पोखरेलको गृह जिल्ला दाङ २ (ख) बाट प्रत्यक्ष निर्वाचित डाँगीले बुधबार प्रदेशसभाका सभामुखलाई राजीनामा पत्र बुझाउनु भएको हो् । डाँगीको राजिनामा संगै मुख्यमन्त्री पोखरेलको संकट थप जटिल बनेको छ । डाँगीले राजीनामा दिएपछि एमालेसँग ३८ सांसद छन् ।

जबकि ७९ सदस्यीय प्रदेशसभामा बहुमतका लागि ४० मत चाहिन्छ । यही बैशाख १९ गते एमाले संसदीय दलको बैठकमा अनुपस्थित डाँगीले राजीनामा पत्रमा प्रदेश सरकारप्रति असन्तुष्टि जनाउनु भएको छ् ।कतिपय प्रदेशमा गलत लोकतान्त्रिक संस्कृतिको सुरुवात भएको भन्दै उनले राजीनामा पत्रमा भनेका छन्, ‘उच्च रक्तचापको बिरामी राजनीतिक खिचातानीबाट मुक्त भई आराम गर्न चाहन्छु ।

’डाँगीले कम्युनिष्ट आन्दोलन र बृहत् वाममोर्चाको पक्षमा रहने प्रतिबद्धता समेत जनाउनु भएको छ । मुख्यमन्त्रीबाट राजीनामा दिएका शंकर पोखरेलले एकल बहुमतको सरकारमा दाबी गरेपछि एमालेका सांसदहरुले विद्रोह गरेका थिए । एमालेकै प्रदेशसभा सदस्य दृर्घनारायण पाण्डेले राजीनामा दिएका थिए भने तत्कालीन नेकपाबाट प्रदेशसभामा निर्वाचित विमला वलीले माओवादी केन्द्र रोजेकी थिइन् ।

प्रतिक्रिया दिनुहोस्