देउवाद्वारा प्रधानमन्त्री ओलीको प्रस्ताव अस्वीकार



न्युज अफ नेपाल, काठमाडौं ।

कांग्रेस सभापति देउवाले प्रधानमन्त्री केपी शर्मा ओलीको प्रस्ताव अस्वीकार गरेका छन् । बुधबार साँझ देउवा निवास बुढानिलकण्ठ एमाले नेताहरुको टोली नै बोकेर पुगेका ओलीलाई देउवाले साथ नदिने भन्दै फिर्ता पठाएका हुन् ।

छलफलमा ओलीले विश्वासको मत दिन देउवालाई आग्रह गरेका थिए । तर देउवाले आफू प्रमुख प्रतिपक्षी दलको नेता भएकाले विश्वासको मत दिन नसक्ने बताए । अहिले काँग्रेसको उद्देश्य नै ओलीलाई विफल गर्ने रहेको सहमहामन्त्री रामशरण महतले बताए ।

प्रतिक्रिया दिनुहोस्