कोरोना कहर : वीरगन्जमा थप ५ जनाको मृत्यु



कृष्णउदास खनाल, वीरगन्ज ।

वीरगन्जमा पछिल्लो १८ घण्टामा कोरोना भाइरस संक्रमणका कारणले थप ५ जनाको मृत्यु भएको छ ।वीरगन्जका विभिन्न अस्पतालमा मंगलबार दिउँसो २ बजे देखि बुधबार बिहान ८ बजे सम्म १८ घण्टाको अवधीमा ५ जना संक्रमितको मृत्यु भएको हो । नारायणी अस्पतालमा २ जना , नेशनल मेडिकल कलेजको कोरोना अस्थायी अस्पतालमा २ जना र नारायणी बयोधा अस्पतालमा १ जनाको मृत्यु भएको हो ।बुधबार बिहान नारायणी अस्पतालमा उपचाररत वीरगन्ज महानगरपालिका वडा नम्बर २ की ६५ वर्षिया महिलाको मृत्यु भएको छ । बैशाख १६ गते अस्पताल भर्ना भएकी ती महिलामा बैशाख १७ गते कोरोना स.क्रमण पुष्टि भएको थियो । उपचारका क्रममा उनको बुधबार बिहान सवा ८ बजे मृत्यु भएको अस्पतालका कोभिड कोर्डिनेटर डाक्टर सरोज रोशन दासले जानकारी दिनुभयो ।

यस्तै नेशनल मेडिकल कलेजको कोरोना अस्थायी अस्पतालमा उपचाररत वीरगन्ज १६ का ६३ वर्षिय संक्रमित पुरुषको बुधबार ११ बजे मृत्यु भएको छ । बैशाख २० गते अस्पतालमा भर्ना भएका ती पुरुषमा बैशाख २१ गते मङगलवार कोरोना संक्रमण पुष्टि भएको थियो । उपचारका क्रममा उनको मंगलबारराति ११ बजे मृत्यु भएको हो । यस्तै नारायणी अस्पतालमा उपचाररत वीरगन्ज महानगरपालिका वडा नम्बर १० आदर्शनगरका ४० बर्षीय पुरुषको पनि मंगलबारराति साढे ९ बजे मृत्यु भएको छ । बैशाख १३ गते कोरोना रिपोर्ट पोजेटिभ आएको उनलाई बैशाख १६ गते बिहीबार अस्पताल भर्ना गरिएको थियो ।

यस्तै नारायणी बयोधा अस्पतालमा उपचाररत वीरगन्ज महानगरपालिका वडा नम्बर १६ का ७६ बर्षीय पुरुषको पनि मृत्यु भएको छ । बैशाख १० गते बयोधा अस्पतालमा भर्ना गरिएको उनको त्यही दिन कोरोना पोजेटिभ रिपोर्ट आएको थियो । उनको उपचारका क्रममा मंगलबारराति साढे ८ बजे मृत्यु भएको जिल्ला प्रशासन कार्यालय पर्साका कोभिड सम्पर्क व्यक्ति विनय कुमार श्रीवास्तव जानकारी दिनुभयो ।यस्तै नेशनल मेडिकल कलेजको कोरोना अस्पतालमा उपचाररत बाराका एक कोरोना संक्रमित पुरुषको पनि मृत्यु भएको छ । बाराको फेटा गाउँपालिका–२ बेनौली घर भएका ३५ वर्षीय संक्रमित पुरुषको , मंगलबार दिउँसो २ बजे मृत्यु भएको हो ।स्वास्थ्यमा समस्या आएपछि दुई दिन अघि कोरोना अस्पतालको इमर्जेन्सी वार्डमा उनी भर्ना भएका थिए ।

भोलिपल्ट गरिएको पीसीआर परीक्षणमा उनको रिपोर्ट पोजेटिभ आएको थियो । कोरोनाको दोश्रो लहर शुरु भए यता चैत ३१ देखि बुधबार बैशाख २२ गते बुधबार बिहान सम्म वीरगन्जमा कोरोनाले ४१ जनाको मृत्यु भएको छ ।वीरगन्जको नारायणी अस्पतालमा ३० जनाको , नारायणी बयोधा अस्पतालमा ५ जना, नेशनल मेडिकल कलेजको कोरोना अस्पतालमा ५ जना र गण्डक अस्पतालमा १ जनाको मृत्यु भएको हो । मृतक ४१ जना मध्ये पर्साका २९ जना , बाराका ८ , सर्लाहीका २ जना , रौतहटका १ जना र एक जना भारतीय नागरिक हुन् ।

प्रतिक्रिया दिनुहोस्