प्रधानमन्त्री ओलीलाई डुवाएरै छाड्ने रामकुमारी झाँक्रीको चेतावनी

0
Shares

न्युज अफ नेपाल, काठमाडौं ।

प्रधानमन्त्री केपी शर्मा ओलीलाई नेकपा एमाले माधव समुहकी नेतृ रामकुमारी झाँक्रीले दम्भ, अहंकार र जिद्धी छोड्न चेतावनी दिएकी छन् । बुधबार सामाजिक संजाल फेसबुकमा स्टाटस लेख्दै नेतृ झाँक्रीले अंहकार, दम्भ र जिद्धीपना नछोडे डुवाएरै छोड्ने चेतावनी दिएकी हुन् । उनले आफू सत्यनास हुनबाट जोगिनुछ भने विचार गरेर किनारा खोज्न सुझाव पनि दिएकी छन् ।

एमाले अध्यक्षसमेत रहेका प्रधानमन्त्री ओलीतर्फ लक्षित गर्दै नेतृ झाँक्रीले लेख्छिन्, ‘हामी त डुब्छौ नै। हामी सत्यनास हुनु नै छ, तिमीलाई पनि लिएरै डुब्छौँ। यदी तिम्रो सत्यनास हुनबाट र डुब्नुबाट जोगिनु छ भने किनारा खोज। विचार गर, दम्भ, अहङ्कार र जिद्दी छोड।’

उनले हिन्दी भाषाको एक भनाइ पनि मिसाउँदै थप थपेकी छन्, ‘हम तो डूबेंगे ही सनम्, आपको भी ले डूबेंगे‘ अगर डुब्नें से बच्ना है तो किनारा ढुढों।’ प्रधानमन्त्री ओलीले बैशाख २७ गते विश्वासको मत लिने तयारीमा छन् । प्रधानमन्त्री ओलीलाई नेकपा माओवादी केन्द्रले बुधबार मात्रै औपचारिक रुपमा समर्थन फिर्ता लिएको छ । पार्टीको आन्तरिक कलहका कारण प्रधानमन्त्री ओली र एमाले वरिष्ठ नेता माधवकुमार नेपाल समूहबीच असमझदारी कायमै छ ।