गण्डकी प्रदेशका मुख्यमन्त्री गुरुङलाई कोरोना संक्रमण पुष्टि



न्युज अफ नेपाल, पोखरा ।

गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङलाई कोरोना संक्रमण पुष्टि भएको छ । मंगलबार एन्टिजेन परीक्षणमा कोरोना गर्दा संक्रमण देखिएपछि पीसीआर परीक्षण गराएका मुख्यमन्त्री गुरुङलाई कोरोना संक्रमण पुष्टि भएको हो ।

हाल उनको अवस्था सामान्य रहेको बताइएको छ । मुख्यमन्त्री गुरुङ होम आइसोलेसनमा बस्ने भएका छन् ।

प्रतिक्रिया दिनुहोस्