गायक प्रकाश सपुतलाई कोरोना संक्रमण



न्युज अफ नेपाल, काठमाडौँ ।

गायक प्रकाश सपुतलाई कोरोना संक्रमण पुष्टि भएको छ । बिहीबार कोरोना परीक्षण गराएका सपुतको रिपोर्ट पोजिटिभ आएको हो । उनले सामाजिक सञ्जाल फेसबुकमार्फत आफूलाई कोरोना भएको जानकारी गराएका हुन् ।

‘सर्वप्रथम त मेरो प्रत्यक्ष सम्पर्कमा रहनुभएका सबैले पिसिआर टेस्ट गर्नु होलाु, उनले भनेका छन्, ‘एकदमै धेरै शरीर दुख्ने, गल्ने, छटपटी हुने, टाउको भारी हुने, घरीघरी श्वास बढ्ने र केही हुन्छ कि जस्तो एन्जाइटी फिल भएपछि मैले पिसिआर टेस्ट गरेको थिएँ। पुष्टि भएपछि होम आइसोलेशनमा छु, अवस्था सामान्य छ।’

 

प्रतिक्रिया दिनुहोस्