त्रिदेशीय टी–ट्वान्टी क्रिकेटको उपाधि नेपाललाई



काठमाडौं ।

त्रिकोणात्मक टी–ट्वान्टी क्रिकेट सिरिजको उपाधि नेपालले जितेको छ । त्रिवि क्रिकेट मैदानमा शनिबार भएको फाइनल खेलमा नेदरल्यान्ड्समाथि १ सय ४२ रनको कीर्तिमानी जित निकाल्दै नेपालले सिरिज जितेको हो । नेदरल्यान्ड्सविरुद्धको यो जित नेपालको सर्वाधिक रनको जित हो । यसअघि नेपालले भुटानविरुद्ध १ सय ४१ रनको जित निकालेको थियो ।

यससँगै नेपालले पहिलो पटक टी-ट्वान्टी प्रतियोगिताको उपाधि जितेको छ । यस्तै नेपालले ११ वर्षपछि घरेलु मैदानमा उपाधि जितेको छ । नेपालले यस अघि सन् २०१० मा आईसीसी डिभिजन(५ को उपाधि जितेको थियो । नेपालले दिएको २ सय ३९ रनको कीर्तिमानी लक्ष्य पछ्याएको नेदरल्यान्ड्सले १७ ओभर २ बलमा अलआउट हुँदै ९६ रन मात्र बनाउन सक्यो ।

प्रतिक्रिया दिनुहोस्