मदन फाइनलमा



काठमाडौं, (नेस) ।

लुम्बिनी प्रदेशका मदन बस्नेत ‘प्रथम राष्ट्रिय पेन्केक सिलात मार्सल आर्ट प्रतियोगिता’को पुरुष ४५ केजीमा बिहीबार फाइनलमा प्रवेश गरेका छन् ।

बर्दिया जिल्ला पेन्केक सिलात संघद्वारा आयोजित प्रतियोगिताको सेमिफाइनलमा मदनले सुदूरपश्चिमका पदम पुनलाई पराजित गरे । फाइनलमा मदनको भेट कर्णाली प्रदेशका रोमन ज्ञवालीसँग हुनेछ । अर्को सेमिफाइनलमा रोमनले प्रदेश २ का प्रदीप रोकालाई हराएका थिए । बारबर्दिया नगरपालिकाको धमपुरमा भइरहेको प्रतियोगिताको पुरुष ४० केजीमा लुम्बिनीका जितेन्द्र बुढा र कर्णालीका सविन विकले फाइनलमा स्थान सुरक्षित गरे । सेमिफाइनलमा जितेन्द्रले गणडकी प्रदेशका मोहन पाण्डे तथा सविनले आयोजकका नमराज भण्डारीलाई पाखा लगाउँदै फाइनल भिडन्त पक्का गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस्