न्युज अफ नेपाल, काठमाडौं ।
नेपाल कम्युनिस्ट पार्टी ‘माओवादी केन्द्र’को आज बसेको स्थायी कमिटी बैठकले नेपाली कांग्रेस र जनता समावादी पार्टीसँग वार्ता गर्ने निर्णय गरेको छ ।
मंगलबार पार्टी कार्यालय पेरिसडाँडामा बसेको बैठकले वार्ता अगाडि बढाउने निर्णय गरेको नेता नारायणकाजी श्रेष्ठले जानकारी दिएका छन् । त्यस्तै, बैठकले फागुन २९ गते केन्द्रीय समिति र चैत १ गते कार्यकर्ता भेला गर्ने निर्णय गरेकोे छ ।
श्रेष्ठका अनुसार बुधबार (भोली) दिउँसो पनि स्थायी कमिटी बैठक बोलाइएको छ ।