तिनाउ नदीले बुटवल रानीगञ्जस्थित सुकुम्बासी बस्तीको १ घर बगायो, ४ जोखिममा



यमलाल भुसाल, बुटवल ।

लगातारको वर्षासंगै उर्लेको तिनाउ नदीले बुटवल उपमहानगरपालिका १७ रानीगंजमा एक घर बगाएको छ ।

विहिवार दिउसो सवा २ वजेको समयमा नदीले टिनले छाएको वलकले बनाएको एक तले प्रेम कुमारी खाँम्चाको घर वगाएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका सुचना अधिकारी खडक बहादुर खत्रीले बताउनु भयो । नदीले मानविय क्षती भने गरेको छैन । सोही स्थाना अन्य ४ घर पनि जोखिममा रहेको प्रहरीले जनाएको छ । सुकुम्वासी वस्ती रहेको तिनाउ नदी तटिय क्षेत्रमा २० हजार बढी घरपरिवार सकुम्बासीका रुपमा बस्दै आएका छन । नदी बहाव क्षेत्रमानै घर वनाएर सुकुम्बासीका नाममा वस्दै आएकाहरुलाई अहिले नदीको खतरामा रहो छन ।

तिनाउ नदीले खतराको तह नाघे पछि तिनाउ नदीको तटीय क्षेत्र र आसपासमा रहेका नागरिकहरुलाई उच्च सतर्कता अपनाउन बाढी पूर्वानुमान महाशाखाले आग्रह गरेको छ ।

अहिले पनि गुल्मी, पाल्पा लगायत तिनाउ नदीको मुहान क्षेत्रमा निरन्तर बाढी आईरहेको हुँदा खतरा नतरेको पूर्वानुमान शाखाको भनाई छ ।

तिनाउ नदीको बहावले कटान गर्दा रुपन्देहीको रानीगञ्जस्थित सुकुम्बासी बस्ती भतापु्र र देविनगर क्षेत्र जोखिममा परेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्