न्युज अफ नेपाल, काठमाडौँ ।
नेपाल विद्युत् प्राधिकरको प्रमुख कार्यकारी अधिकृत (सिइओ) मा कुलमान घिसिङलाई पुनः नियुक्ति गर्ने तयारी भएको छ ।
बिहीबार बस्ने मन्त्रिपरिषदको बैठकमा घिसिङलाई पुनःनियुक्तिका लागि मन्त्रालयले प्रस्ताव लैजाने भएको छ । ऊर्जा मन्त्री वर्षमान पुनले समेत घिसिङलाई पुनः नियुक्ति गर्नुपर्ने बताउदै आएका छन् । तर, प्रधानमन्त्री केपी शर्मा ओली भने यसको विपक्षमा रहेका छन् ।
यस बाहेक प्राधिकरणमा नयाँ व्यक्ति ल्याउन खुला प्रतिस्पर्धा गर्नुपर्ने विनियमावलीको व्यवस्था छ।











प्रतिक्रिया