न्युज अफ नेपाल, काठमाडौं ।
आज एकै दिन थप ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ।
यससँगै नेपालमा कोरोना संक्रमित मृतकको संख्या ३ सय १२ पुगेको छ। काठमाडौंमा ८३ वर्षीया महिला र ६७ वर्षीय पुरुष, कास्कीका ७३ वर्षीया महिला, अर्घाखाँचीका ४२ वर्षीय पुरुष, बाँकेकी ८० वर्षीया महिला र नवलपरासीका ६४ वर्षीय पुरुषको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ।
नेपालमा हाल कुल मृत्युदर शून्य दशमलव ६३ प्रतिशत रहेको छ। यसअघि मंगलबार ६ जना कोरोना संक्रमितको मृत्यु भएको थियो।











प्रतिक्रिया