पेट्रोलको मूल्य प्रति लिटर २ रुपैयाँले बढ्यो


न्युज अफ नेपाल, काठमाडौं ।

नेपाल आयल निगमले पेट्रोलको मूल्य बढाएको छ।

आज रातिदेखि लागू हुनेगरी निगमले पेट्रोलको मूल्यमा प्रति लिटर २ रुपैयाँले वृद्धि गरेको हो । मूल्य वृद्धिपछि काठमाडौंमा पेट्रोलको खुद्रा मूल्य प्रति लिटरको १०७ रुपैयाँ भएको छ । निगमका अनुसार डिजेल, मट्टितेल, हवाई ईन्धन तथा एल।पि।ग्यासको मूल्य भने यथावत रहेको छ।

यस्तै, विरगंज क्षेत्रमा पेट्रोल प्रति लिटर ३२ रुपैयाँ २६ पैसा र डिजेल प्रति लिटर ३६ रुपैयाँ ७५ पैसाले नेपाल तर्फ सस्तो रहेको निगमले जनाएको छ ।

प्रतिक्रिया

०
यहाँ क्लिक गरेर आफ्नो प्रतिक्रिया लेख्नुहोस्...

तपाईंको विचार लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ।

स्प्याम रोक्न Akismet प्रयोग गरिएको छ।