नेपालमा कोरोना संक्रमितको संख्या घट्दो : स्वास्थ्य मन्त्रालय

0
Shares

न्युज अफ नेपाल,काठमाडौं ।

नेपालमा कोरोना संक्रमणको दर घट्दै गएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । मंगलबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेसब्रिफ़िङमा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले बताएका हुन् ।

मंगलबार मात्र नेपालमा कोरोना संक्रमितको संख्या २०४ जना रहेको छ । कोरोना जित्ने संक्रमितको संख्या पनि दिनानुदिन बढ्दै गएको प्रवक्ता डा.  गौतमले बताए । हालसम्म नेपालमा कोरोना संक्रमितको संख्या १६ हजार १ सय ६८ जना रहेका छन् ।

हालसम्म नेपालका ४ जिल्लामा कोरोना संक्रमितको संख्या शून्यमा झरेको छ । भने देशभरका आईसोलेशन कक्ष र क्वारेन्टाईनमा रहेका ब्यक्तिहरुको संख्यामा पनि उल्लेख्य कमि आएको डा. गौतमले बताए ।