सलह संकट सरकारले के गर्छ: राणा



काठमाडौं, (नेस)

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष पशुपतिशमशेर राणाले कोभिड–१९ र राजस्व अभावबाट हारेकोसरकारले सलहको संकट थप हुँदा समस्या कसरी सम्बोधन गर्छ भनेर चिन्ता प्रकट गर्नुभएको छ ।

सलह देशमा भित्रिएपछि खाद्य अभाव सिर्जना हुन सक्ने भन्दै अनिकाल र महामारीको दोहोरो चपेटमा देशमा विकराल स्थिति पैदा हुने खतराप्रति उहाँले सरकारलाई सजग गराउनुभयो ।

‘कोभिड–१९ सँग हार खाएको सरकार राजस्व संकटबाट थिलथिलिएकै थियो । अब त सलहको समस्या समेत आइलागेको छ । सलहको संकटले खाद्य अभाव सिर्जना हुन सक्छ ।’ –राप्रपा अध्यक्ष राणाले आइतबार ट्विट गर्दै भन्नुभएको छ ।

‘मध्ययुगमा झैं अनिकाल र महामारीबाट देशमा विकराल स्थिति पैदा हुन सक्छ । समय साधारण छैन । सरकारले समस्या कसरी सम्बोधन गर्छ ?’ –उहाँको चिन्ता छ ।

प्रतिक्रिया दिनुहोस्