लागूऔषध कारोबारीसँग इन्सपेक्टरको मिलेमतो !



न्युज अफ नेपाल, काठमाडौँ ।

महानगरीय प्रहरी परिसर ललितपुरमा कार्यरत एक प्रहरी निरीक्षक (इन्सपेक्टर) पक्राउ परेका छन ।

ललितपुर परिसरमा कार्यरत इन्सपेक्टर रुद्रबहादुर शाहीलाई लागूऔषध नियन्त्रण ब्यूरो कोटेश्वरबाट खटिएको टोलीले नियन्त्रणमा लिएको हो ।

इन्सपेक्टर शाहीको लागूऔषध कारोबारीसँग कनेक्सन देखिएको र सहयोग गरेको अरोप लागेकोले सोधपुछको लागी ललितपुर परिसरबाटै पक्राउ गरिएको बताइएको छ ।

ब्यूरोले टोलीले केहीदिनअघि लागूऔषध (कोरेक्स) बरामद गरेको थियो ।
महानगरीय प्रहरी वृत्त सातदोबाटोमा कार्यरत शाहीलाई केही दिनअघि मात्र परिसर तानिएको थियो ।

प्रतिक्रिया दिनुहोस्