दिगो विकासमा युवाहरुको चासोः राष्ट्रिय योजना आयोगलाई बुझाइयो नागरिक प्रतिवेदन


न्युज अफ नेपाल,काठमाडौं ।

दिगो विकास कार्यान्वयनको अवस्था र यसको चुनौतिको विषयमा नागरिकस्तरबाट निर्माण गरिएको स्वेच्छिक राष्ट्रिय पुनरवलोकन (भिएनआर) प्रतिवेदन युवाहरुले सोमबार राष्ट्रिय योजना आयोगलाई बुझाएका छन् ।

प्रतिवेदन बुझ्दै युवाहरुको सरोकार र आवाजलाई सरकारले निर्माण गर्ने स्वेच्छिक राष्ट्रिय पुनरावलोकन प्रतिवेदनमा समावेश गरिने राष्ट्रिय योजना आयोगका सदस्य मीनबहादुर शाहीले बताउनुभएको छ ।

आगामी जुलाई ७ देखि १६ सम्म संयुक्त राष्ट्रसंघको आयोजनामा हुने उच्चस्तरीय राजनीतिक मञ्चमा प्रस्तुत गरिने सरकारको प्रतिवेदनमा नागरिक समाजले तयार गरेको स्वेच्छिक राष्ट्रिय पुनरवलोकन प्रतिवेदनलाई अनुसूचीमा राख्नसकिने शाहीले जानकारी दिनुभयो ।

युथ एड्भोकेसी नेपालको संयोजन तथा भिएसओ नेपाल, नेपाल दिगो विकास मंच, युएनभी, एक्सन एड नेपाल, ग्रासरुट्स डिभलेपमेन्ट फाउन्डेसन, रेस्टलेस डिभेलपमेन्ट नेपाल, राष्ट्रिय अपाङ्ग युवा संञ्जाल नेपाल, राष्ट्रिय युवा महासंघ नेपाल, यौनिक तथा लैङ्गिक अल्पसंख्यकहरुको विद्यार्थी मंच नेपाल लगाएत ६० वटा भन्दा वढी समाजिक संघ संस्थाको सहकार्यमा नेपालैभरी आयोजना भएको वहुपक्षिय संवाद, लक्षित समुदायसँगको छलफल, कलेज कार्यशाला लगायतका कार्यक्रममा एक हजारभन्दा वढी युवाहरु सहभागी भएको युथ एड्भोकेसी नेपालका अध्यक्ष नरेन खतिवडाले जानकारी दिनुभयो ।

दलित, मधेसी, जनजाती, अपाङ्गता भएका व्यक्ति, यौनिक तथा लैङ्गिक अल्पसंख्यक, राउटे, चेपाङ्ग, राजवंसी, मुस्लिम लगायतका अल्पसंख्यक तथा सीमान्तकृतहरुको आवाजहरुलाई सरकारले निर्माण गरिने प्रतिवेदनमा समावेश गर्नुपर्नेमा युवाहरुको जोड थियो ।

प्रतिक्रिया

०
यहाँ क्लिक गरेर आफ्नो प्रतिक्रिया लेख्नुहोस्...

तपाईंको विचार लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ।

स्प्याम रोक्न Akismet प्रयोग गरिएको छ।