कर्णाली प्रदेश सरकारद्वारा आगामी आर्थिक वर्षको बजेट प्रस्तुत



न्युज अफ नेपाल, काठमाडौँ ।

कर्णाली प्रदेश सरकारले आज आगामी आर्थिक वर्ष २०७७/७८ को बजेट प्रस्तुत गरेको छ आर्थिक मामिलामन्त्री प्रकाश ज्वालाले ३३ अर्ब७४ करोड १३ लाख ५३ हजार रुपियाँको बजेट प्रस्तुत गर्नुभएको छ।

प्रदेश संसदमा प्रस्तुत उक्त बजेटको चालु खर्चतर्फ १९ अर्ब ६ करोड ९१ लाख रुपैया अर्थात ५७ प्रत्ति पुजिगत खर्चतर्फ ११ अर्ब ६७ करोड ५७ लाख ३२ हजार रुपैयाँ र वित्तीय हस्तान्त्रण तर्फ २ अर्ब ९९ करोड ६५ लाख रुपैयाँ अर्थात ९ प्रतिशत बजेट विनियोजन भएको छ। प्रति सरकारले ६ प्रतिशतको आर्थिक वृद्धिदरको लक्ष्य लिएको छ।

प्रतिक्रिया दिनुहोस्