प्रदेश २ का ४ जिल्लामा थप ३४ जना कोरोना संक्रमित भटिए


न्युज अफ नेपाल, काठमाडाैँ ।

प्रदेश २ का थप ३४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।  पर्साका १७, बाराका ९, रौतहटका ७ र सर्लाहीका १ जनामा कारोना संक्रमण भएको वीरगञ्जस्थित नारायणी अस्पतालको पिसीआर ल्याबमा गरिएको परीक्षणमा पुष्टि भएको हो ।  पर्सामा भेटिएका संक्रमितमा ३ जना महिला र १४ पुरुष रहेको अस्पतालले जानकारी दिएको छ ।

शनिबार मात्रै नारायणी अस्पतालको ल्याबमा ५ सयको हाराहारीमा थ्रोट स्वाबको नमुना परीक्षण गरिएको थियो । साे मध्ये ३४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको बताइएकाे छ ।

 

प्रतिक्रिया

०
यहाँ क्लिक गरेर आफ्नो प्रतिक्रिया लेख्नुहोस्...

तपाईंको विचार लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ।

स्प्याम रोक्न Akismet प्रयोग गरिएको छ।