चट्याङ लागेर पाँचकाे मृत्यु


काठमाडौं ।

छुट्टाछुट्टै स्थानमा चट्याङ लागेर पाँच जनाकाे मृत्यु भएकाे छ ।

मोरङकाे सुनवर्सी नगरपालिका-६ तालगाछी बस्ने ३० वर्षीया निरुतु कुमारी दासको चट्याङ लागेर सोमबार बिहान मृत्यु भएको छ । आफ्नै बारीबाट मकै लिई घर आउने क्रममा चट्याङ पर्दा गम्भीर घाइते भई उपचारको लागि रंगेली टाइम्स अस्पतालतर्फ लैजाने क्रममा उनको बाटोमै मृत्यु भएको हो ।

महोत्तरीकाे महोत्तरी गाउँपालिका-१ बस्ने ५५ वर्षीय ईन्दल यादवको चट्याङ लागेर सोमबार बिहान मृत्यु भएको छ ।  घर नजिकैरहेको चौरमा भैँसी चराउन गएको अवस्था चट्याङ लागेर उनको मृत्यु भएको हो ।

यसैगरी रुपन्देहीमा चट्याङ लागेर २ जनाको मृत्यु भएकाे छ ।

रुपन्देहीकाे मायादेवी गाउँपालिका-५ बस्ने ५५ वर्षीया कमलावती यादव आफ्नै खेतमा काम गरिरहेकोअवस्थामा चट्याङ लागेर सोमबार बिहान घटनास्थलमै मृत्यु भएको छ ।

लुम्बिनी साँस्कृतिक नगरपालिका-२ केवटलिया बस्ने ५५ वर्षीया चयनमती यादवको चट्याङ लागेर सोमबार बिहान मृत्यु भएको छ ।  आफ्नै घरदेखी अन्दाजी ५ सय मिटर टाढा तरकारी बारीमा गएको अवस्थामा चट्याङ लागेर उनको मृत्यु भएको हो ।

धनुषाकाे मिथिला नगरपालिका-७ बथानगौरी जंगलमा घाँस काटेर घर फर्किने क्रममा पानी सहितपरेको चट्याङ लागेर सोही नगरपालिका केम्लिपुर बस्ने ५० वर्षीयाखिनमाया काफ्लेको सोमबार बिहान मृत्यु भएको छ । चट्याङ लागेर गम्भीर घाइते भएकी उनलाई उपचारको लागि ढल्केबरतर्फ लैजाने क्रममाबाटोमै मृत्यु भएको हो ।

यस सम्बन्धमा स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया

०
यहाँ क्लिक गरेर आफ्नो प्रतिक्रिया लेख्नुहोस्...

तपाईंको विचार लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ।

स्प्याम रोक्न Akismet प्रयोग गरिएको छ।