क्वारेन्टिनमा खटिएका २ सैनिकसहित ५ जनामा कोरोना पुष्टि


न्युज अफ नेपाल, काठमाडौं।

बाराको पचरौत नगरपालिकामा रहेको क्वारेन्टिनमा थप पाँच जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

क्वारेन्टिनको सुरुक्षामा खटिएका दुई नेपाली सेना र अन्य तीनजनामा संक्रमण देखिएको हो । यससँगै बारामा संक्रमितको संख्या ४१ पुगेको छ ।

कोरोना संक्रमणका कारण बारामा एक जनाको मृत्यु समेत भइसकेको छ । मृत्यु हुनेमा ७० वर्षीय वृद्ध रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरिसकेको छ ।

आज थपिएका संक्रमितलाई अस्पताल लैजाने तयारी भइरहेको छ।

प्रतिक्रिया

०
यहाँ क्लिक गरेर आफ्नो प्रतिक्रिया लेख्नुहोस्...

तपाईंको विचार लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ।

स्प्याम रोक्न Akismet प्रयोग गरिएको छ।