रूकुम पश्चिमको घटना छानबिन गर्न पाँच सदस्यीय समिति गठन



न्युज अफ नेपाल, काठमाडौँ ।

रूकुम पश्चिमको घटनाबारे छानबिन गर्न गृह मन्त्रालयले पाँच सदस्यीय छानबिन समिति गठन गरेको छ ।

गृह मन्त्रालयका सहसचिवको नेतृत्वमा छानबिन समिति गठन गरिएको हो । गृहमन्त्री रामबहादुर थापाले छानबिन समितिमा प्रहरी वरिष्ठ उपरीक्षक, राष्ट्रिय अनुसन्धान विभागका प्रतिनिधि, महान्यायाधीवक्ताको कार्यालयका प्रतिनिधि र गृहका उपसचिव रहने गरी समिति गठन गरेको जनाएका छन् ।

उक्त घटनामा परी मृत्यु भएका तीन जनाको शव भेटिएको छ र तीन जना अझै बेपत्ता छन् ।

प्रतिक्रिया दिनुहोस्