थप ६ जनामा कोरोना संक्रमण पुष्टि,संक्रमितको संख्या ६८२


न्युज अफ नेपाल, काठमाडौँ ।

नेपालमा थप ६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । संक्रमित व्यक्तिहरू अछाम मेललेख गाउँपालिकाका  ३२ वर्षीय पुरूष, बर्दिया गुलरिया-१० का २२ र २४ वर्षीय पुरूष, २ का १८ वर्षीय पुरूष, पर्सा जिराभवानी गाउँपालिकाका-४ का १८ वर्षीय पुरूष, काठमाडौं-१५ घर भएका कलैयामा कार्यरत २८ वर्षीय पुरूष रहेका स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले बताएका छन् ।

यसअघि सोमबार बिहानै काठमाडौंका तीनसहित ७२ जना कोरोना संक्रमित थपिएका थिए । यससँगै नेपालमा संक्रमितको संख्या ६८२ पुगेको छ। हालसम्म ११२ जना कोरोनामुक्त भएर घर फर्कि सकेका छन् ।

प्रतिक्रिया

०
यहाँ क्लिक गरेर आफ्नो प्रतिक्रिया लेख्नुहोस्...

तपाईंको विचार लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ।

स्प्याम रोक्न Akismet प्रयोग गरिएको छ।