थप ९ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या ५१६ पुग्यो



न्युज अफ नेपाल, काठमाडौँ ।

नेपालमा थप ९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

बारा, सप्तरी, भक्तपुर र मकवानपुरमा गरी ९ जना नयाँ संक्रमित भेटिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

बाराको सिमरनगढ नगरपालिकामा २२, २७, ३०, ३४, ३८ र ४५ वर्षका ६ जना पुरुष, सप्तरीको बलान बिहुल गाउँपालिकामा ३५ वर्षीय पुरुष, भक्तपुरको भक्तपुर नगरपालिका ९ मा ४२ वर्षीया महिला र मकवानपुरको हेटौंडा उपमहानगरपालिक ३ मा ५४ वर्षीया महिलामा कोरोना पुष्टि भएको हो ।

यससँगै नेपालमा कोरोना संक्रमितको संख्या ५१६ पुगेको छ ।

 

प्रतिक्रिया दिनुहोस्