नेपालमा थप २ जनामा कोरोना संक्रमण पुष्टि,संक्रमितको संख्या २१९ पुग्यो


भगवती तिमल्सिना,काठमाडौ ।

थप २ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । काठमाडौ विश्व विद्यालय शिक्षण अस्पताल धुलिखेलमा गरिएको पिसीआर नमूना परीक्षणमा नेपालगञ्ज ९ का ३६ वर्षीय पुरुष र काठमाडौंको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा कपिलवस्तु जिल्ला, कपिलबस्तु नगरपालिका वडा नं ५ निवासी २२ पुरुष भएको बुझिएको छ ।

संक्रमितहरुको स्वास्थ्य अवस्था सामान्य रहेको स्वास्थ्य मन्त्रालयका सहप्रवक्ताका डा.समिर कुमार अधिकारीले जानकारी गराउनुभएको छ । नेपालमा कोरोना संक्रमितको संख्या २ सय १९ पुगेको छ ।

प्रतिक्रिया

०
यहाँ क्लिक गरेर आफ्नो प्रतिक्रिया लेख्नुहोस्...

तपाईंको विचार लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ।

स्प्याम रोक्न Akismet प्रयोग गरिएको छ।