सीमा प्रवेश गर्दै गरेका भारतीयलाई स्थानीय नेपालीले लखेटे


न्युज अफ नेपाल, वीरगञ्ज ।

बाराको सुवर्ण गाउँपालिका कबहीगोठस्थित सीमाबाट भारतीय समूह नेपाल प्रवेश गर्न खोजेपछि त्यहाँको स्थिति तनावग्रस्त बनेको छ ।

दुई जना भारतीयले नेपाली सीमाभित्र आफ्नो खेत भएको भन्दै प्रवेश गर्न खोजेका थिए । सीमा सुरक्षामा खटिएका सशस्त्र प्रहरीले उनीहरुलाई नेपाल प्रवेश गर्न रोकेका थिए ।

नेपाल प्रवेश गर्न नपाएका उनीहरुले थप मानिस बोलाएर सशस्त्र प्रहरीमाथि नै ढुंगामुढा बर्साएका थिए । स्थिति जटिल बनेपछि नियन्त्रणमा लिन सशस्त्र प्रहरीले हवाई फायर समेत गर्नुपरेको प्रहरीले जनाएको छ । भारतीय समूहले कवहीगोठमा रहेको सशस्त्र प्रहरीको चेक प्वाईन्टमा आक्रमण गरी असथाई पोस्ट समेत भत्काइदिएका छन् ।

भारतीयले आक्रमण गरेरपछि कवहीगोठका स्थानीयबासी समेत सशस्त्रलाई साथ दिन नाकामा पुगेका थिए । कवहीगोठका स्थानीयबासी समेत जम्मा भएपछि स्थितिलाई नियन्त्रणमा लिन भारतीय सीमा सुरक्षा बल (एसएसबी) र सशस्त्र प्रहरीले आ–आफ्ना नागरिकलाई सम्झाई बुझाई गरेका थिए ।

प्रतिक्रिया

०
यहाँ क्लिक गरेर आफ्नो प्रतिक्रिया लेख्नुहोस्...

तपाईंको विचार लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ।

स्प्याम रोक्न Akismet प्रयोग गरिएको छ।